Kathmandu Press

खोलामा डुबेर २ जनाको मृत्यु

काठमाडौं, भदौ ३० : भिमफेदी गाउँपालिका ५ सुपिङ् भन्ने स्थानको धुनदुरे खोलामा डुबेर २ जनाको मंगलबार साँझ मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा सोही...
खोलामा डुबेर २ जनाको मृत्यु

काठमाडौं, भदौ ३० : भिमफेदी गाउँपालिका ५ सुपिङ् भन्ने स्थानको धुनदुरे खोलामा डुबेर २ जनाको मंगलबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय नविन दोङ् र २१ वर्षीय राजन दोङ् रहेका छन् ।

Hardik ivf

उक्त खोलामा पाहा मार्न गएको अवस्थामा ढुङ्गाबाट चिप्लिई लड्दा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १९:१९ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्