१२ जिल्लामा प्रजिअ फेरिए, चार जनालाई मन्त्रालय तानियो (सूचीसहित)
काठमाडौं, भदौ ३० : सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । बुधबार गृह मन्त्रालयले १२ जनालाई जिल्लाहरुमा सरुवा गरेको...
काठमाडौं, भदौ ३० : सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । बुधबार गृह मन्त्रालयले १२ जनालाई जिल्लाहरुमा सरुवा गरेको हो भने चार जनालाई मन्त्रालयमा तानेको हो ।
मन्त्रालयका अनुसार मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका घनश्याम उपाध्यायलाई ललितपुरको प्रजिअ बनाएर पठाइएको छ । यस्तै गुल्मीमामा प्रजिअ रहेका रुद्र शर्मालाई भक्तपुर पठाइएको छ ।
पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ । दिपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ ।
आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, विरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गएिको छ ।
यस्तै, कोषहरि निरौला, टेकनारायण पौडेल, दुण्डीराज निरौला र बासुदेव घिमिरेलाई मन्त्रालयमा तानिएको छ ।
प्रकाशित मिति: १८:५१ बजे, बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार