Kathmandu Press

निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भइसकेको छ : महासचिव पोखरेल

उनले निजामती कर्मचारी विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा प्रवेश गरिसकेको भन्दै अब विधेयक आउछ कि आउँदैन भन्ने कुराको अन्त्य भएको बताए। 
निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भइसकेको छ : महासचिव पोखरेल

काठमाडौं, साउन १५ : नेकपा एमालेका महासचिव शंखर पोखरेलले निजामती कर्मचारी विधेयक आउछ कि आउँदैन भन्ने अन्यौलताको अन्त्य भएको बताएका छन्।  

बिहिबार काठमाडौंमा आयोजित सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोहमा उनले निजामती कर्मचारी विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा प्रवेश गरिसकेको भन्दै अब विधेयक आउछ कि आउँदैन भन्ने कुराको अन्त्य भएको बताए। 

‘निजामती विधेयक प्राप्त नहुदा एक प्रकारको तनावबाट निजामती क्षेत्र गुज्रियो र धेरै मेहेनत पश्चात प्रतिनिधि सभाबाट त्यो विषय अगाडि बढेको छ। राष्ट्रिय सभामा त्यो विषय प्रवेश गरेको छ,’ उनले भने, ‘प्रतिनिधि सभाबाट विधेयक पारित भईसकेपछि राष्ट्रिय सभामा धेरै समय लगाउन मिल्दैन। त्यस हिसाबले निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भइसकेको छ। त्यस कारण विधेयक आउछ कि आउँदैन भन्ने कुराको अन्त्य भएको छ।’

यस्तै, उनले निजामती कर्मचारीहरुको निरन्तरताको खबरदारीले सफलता हासिल गरेको भन्दै पार्टीको तर्फबाट गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताए। 

प्रकाशित मिति: २१:४२ बजे, बिहीबार, साउन १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्