Kathmandu Press

लालवीर चौधरी बने नाउप अध्यक्ष

दुई दिनसम्म बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । बुधबार मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउँदै कारबाही गरिएको थियो। 
लालवीर चौधरी बने नाउप अध्यक्ष

काठमाडौं, साउन १५ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विहीबार पार्टीका नेता लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ।

दुई दिनसम्म बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । बुधबार मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउँदै कारबाही गरिएको थियो। 

अध्यक्ष बनेपछि चौधरीले रञ्जिता श्रेष्ठले पार्टीमा लगाएका आरोपहरू फेस गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

साथै चौधरीले पार्टी कमिटीको सल्लाह र सुझावका आधारमा पार्टीलाई अघि बढाउने बताए। 

‘उहाँ (रञ्जिता) ले जति पनि अभिव्यक्ति दिनुभएको छ। उहाँलाई हामीले कम्तीमा पनि उपस्थित भइदिनुस् भनेका थियौं। पार्टी सदस्यले उहाँप्रति लगाइएका ब्लेम (आरोप) प्रति फेस गर्न पार्टी तयार छ,’ उनले भने। 

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, साउन १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्