टिकटक बनाउँदा सेती नदीमा वेपत्ता भईन् नवदुलही
काठमाडौं, भदौ २९ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८, सेती नदी पुलचोकस्थित रक गार्डेन मा टिकटक बनाउने क्रममा नदीमा खस्दा नवदुलही बेपत्ता भएकी छिन् ।बेपत्ता...
काठमाडौं, भदौ २९ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८, सेती नदी पुलचोकस्थित रक गार्डेन मा टिकटक बनाउने क्रममा नदीमा खस्दा नवदुलही बेपत्ता भएकी छिन् ।
बेपत्ता हुनेमा लालिम माइत भएकी १९ बर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले काठमाडौंले प्रेसलाई बतायो । करिब पाँच दिन अघि मात्र वैवाहिक सम्बन्धमा बाधिएकी लम्साल दुरान फर्काउन माईती आएको बुझिएको छ ।
मंगलबार दिउँसो संगै पढ्ने आफ्ना दुई साथीहरुसंग घुम्नका लागि पुलचोक गएकी उनी साथीहरुसंग टिकटक बनाउने क्रममा अचानक चिप्लिएर बेपत्ता भएको उनी सँगै गएका साथीहरुले बताएको प्रहरीले जनाएको छ ।
नदीमा खसेपछि साथीहरुले प्रहरीलाई खबर गरेपछि अहिले स्थानीय आफन्त र प्रहरीको सहयोगमा उनको खोजी कार्य जारी रहेको छ ।
प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार