Kathmandu Press

भ्रष्टाचार र बेथितिको अनुसन्धान मन्त्रिपरिषदबाटै सुरु गरौं : सांसद शाह 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले पहिला आफ्ना मन्त्रीहरुमा लागेको भ्रष्टाचार र बेथितिको धुलो घटाएपछि मात्रै  जनताका लागि न्यायको ऐना सफा देख्ने दावी गरे।
भ्रष्टाचार र बेथितिको अनुसन्धान मन्त्रिपरिषदबाटै सुरु गरौं : सांसद शाह 

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारलाई लक्षित गर्दै भ्रष्टाचार र बेथितिका विषयमा मन्त्रिपरिषद्बाटै अनुसन्धान सुरु गर्नुपर्ने औंल्याएका छन्। 

उनले सरकारसँग आँट भए अनुसन्धानको झाडु अन्त होइन, सिहंदरबारको मन्त्रिपरिषदबाटै सुरु गर्न चुनौति दिएका हुन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले पहिला आफ्ना मन्त्रीहरुमा लागेको भ्रष्टाचार र बेथितिको धुलो घटाएपछि मात्रै  जनताका लागि न्यायको ऐना सफा देख्ने दावी गरे।

उनले बन तथा वातावरण मन्त्रीले हुँदै नभएको कार्यक्रममा श्रीमती र स्वकिय सचिवलाई सरकारी ढुकुटीबाट नर्बे सयर गराएको आरोप लगाए।

शाहले भिजिट भसाका नाममा भएको मानव तस्करीको फाइलको अनुसन्धान कहाँ पुग्यो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गरे। घुस लिएको प्रमाण सार्वजनिक हुनेवित्तिकै मन्त्री राजीनामा दिएको विषय उठाउँदै उनले राजीनामा दिँदैमा अपराधबाट मुक्ति नपाउने जिकिर गरे। 

प्रकाशित मिति: १४:३० बजे, सोमबार, साउन १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्