Kathmandu Press

बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सांसद बराल 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुविवाह असामाजिक र गैरकानुनी विषय भएको भन्दै यस्तो संवेदनशील विषयमा कानुन मन्त्रालयले संसदलाई जानकारी गराउनुपर्ने धारणा राखिन्। 
बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सांसद बराल 

काठमाडौं, साउन १९ : नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुविवाह असामाजिक र गैरकानुनी विषय भएको भन्दै यस्तो संवेदनशील विषयमा कानुन मन्त्रालयले संसदलाई जानकारी गराउनुपर्ने धारणा राखिन्। 

‘बहुविवाहलाई कानुनी मान्यता दिने भन्ने सन्देश बाहिर प्रवाह भएको छ । जुन हरेक व्यक्तिको चासोको विषय बनेको छ। म यस विषयमा कानुन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । बहुविवाह नेपाली समाजमा सामाजिक मान्यता अनुरुप हेर्ने हो भने असामाजिक विषय हो भने कानुनी विषयमा हेर्ने हो भने गैर कानुनी विषय हो,’ उनले भनिन्र

सांसद बरालले यस्तो संवेदनशील विषयमा कानुन संशोधन र निर्माण हुँदा र कानुन निर्माणको प्रकृयामा अगाडि बढ्दा संवेदनशील हुन उनले आग्रह गरिन्। 

उनलेसामाजिक रुपमा उठेका विषय के हो कानुनमन्त्रीलाई सदनमा जवाफ दिन पनि आग्रह गरिन्। 
 
प्रकाशित मिति: १३:५७ बजे, सोमबार, साउन १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्