Kathmandu Press

यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनुपर्ने : मन्त्री दाहाल

अब परम्परागत रुपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रुपान्तरणलाई उपयोग गर्न सक्नु पर्नेमा जोड दिएका छन्। 
यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनुपर्ने : मन्त्री दाहाल

काठमाडौं, साउन १९ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनु पर्नेमा जोड दिएका छन्।

सोमबार ललितपुरमा भएको काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका बारेमा जाईकाले गरेको अध्ययन बारेको कार्यक्रमलाई संवोधनका क्रममा उनले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले पनि लाभ लिन सक्नुपर्ने बताएका हुन्। 

छिटो, छरितो र गुणस्तरीय सेवा उपलव्ध गराउन नविन प्रविधी र शैलीलाई अनुशरण गर्नु पर्ने मन्त्री दाहालको भनाई छ। 

अब परम्परागत रुपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रुपान्तरणलाई उपयोग गर्न सक्नु पर्नेमा जोड दिएका छन्। 

यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्वन्ध र सहकार्यलाई समेत बढाउनु सक्नु बताए।

मन्त्री दाहालले नेपालको विभिन्न क्षेत्रको विकासमा जाईका तथा दातृनिकायहरुले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य रहने विश्वास व्यक्त गरे।  

जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउँदा जापान खुशी रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने उल्लेख गरे।  

प्रकाशित मिति: १३:४० बजे, सोमबार, साउन १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्