Kathmandu Press

रास्वाप र राप्रपाद्वारा संसद बहिस्कार

भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन्।
रास्वाप र राप्रपाद्वारा संसद बहिस्कार

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद बैठक वरिष्कार गरेका छन्। 

भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन्। दुवै दलले ७० दिनदेखि संसदमा विरोध गरिरहेका छन्।

सोमबारको बैठक सुरू हुने बित्तिकै दुवै दलका सांसदहरुले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका असिम साह र ध्रुवबहादुर प्रधानलाई बोल्न समय दिएका थिए। 

दुवैले बोलिसकेलगत्तै दुवै दलका सांसदहरुले बैठकबाट बाहिरिएका थिए।

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, साउन १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्