Kathmandu Press

एमालेको अवरोधबीच विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

एमाले सांसदहरूको अवरोधबीच प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।
एमालेको अवरोधबीच विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

काठमाडौं, भदौ २९ : एमाले सांसदहरूको अवरोधबीच प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसदहरूले रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी सुरु गरेका थिए । उनीहरूको नाराबाजीबीच सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए ।

छलफलमा नेमकिपा सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए । उनले पनि विधेयकबाहिर गएर आफ्नो भनाइ राखेका थिए । त्यसपछि अर्थमन्त्री शर्मालाई छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

र, प्रस्तावलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरे र बहुमतका आधारमा पारित भएको घोषणा गरे ।

यो भनेको विधेयक सैद्धान्तिक रूपमा विधेयक पारित भएको मानिन्छ । त्यसमा दफावार छलफल बाँकी छ ।

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्