Kathmandu Press

संसद भवन निर्माणको म्याद थपिएको र मन्त्री अनुपस्थित भएकोमा आक्रोश

आइतबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह अनुपस्थित भएपछि सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणका विषयमा हुने भनिएको छलफल पर सारिएको हो। 
संसद भवन निर्माणको म्याद थपिएको र मन्त्री अनुपस्थित भएकोमा आक्रोश

काठमाडौं, साउन ११ : राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक अर्काे दिन बस्नेगरी सारिएको छ। 

आइतबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह अनुपस्थित भएपछि सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणका विषयमा हुने भनिएको छलफल पर सारिएको हो। 

नेकपा माओवादी केन्द्रका सांसद् हितराज पाण्डेले समितिको महत्वपूर्ण छलफलमा मन्त्रीलाई कतिखेरसम्म पर्खिराख्ने हो भन्नै सम्बन्धित व्यक्ति जिम्मेवार हुनुपर्ने बताए। 

Hardik ivf

‘सभापतिले विषयबस्तु राखिरहँदा मन्त्रीज्यु कतिवेला आउनु होला, हामी कतिखेरसम्म पर्खिराख्ने हो र यसको जवाफ त टेक्निकल्ली त दिनुहोला । यसको जिम्मेवारपूर्ण जवाफ चाहियो,’ उनले भने, ‘यसको जिम्मेवार जवाफ कसले दिने हो, यि विषयबस्तु दोहोरिरहेका छन्। सिंहदरवारभित्रको कम्पाउन्डको कुरा हो, चार पटकसम्म म्याद थप हुँदासम्म पनि नगरिएको कुरा हो।’

उनले संविधानले दिएको समितिले निर्माणाधिन संघीय संसद भवन निर्माणको क्रममा म्याद थप गरिएकोमा सरकारबाट जवाफ माग्न चाहेको बताए। 

‘सरकारले के विश्वासका आधारमा यो म्याद थप गरिएका हो। त्यो म्याद थप गरिएको जवाफ सरकारबाट नै चाहन्छौ नी। जब की हामीलाई हाम्रो सरकारको संविधानले दिएको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको दायित्व अन्र्तगत बसेका छौं। यो संयुक्त समिति पनि हो,’ उनले भने।  

समितिका सभापति ठाकुर प्रसाद गैरेले थपिएको समयभित्र भवन निर्माणको काम सम्पन्न हुने मन्त्रालयको प्रतिवद्धता र मन्त्रालयको योजना जान्न चाहेको बताए। 

‘थपिएको समयभित्र भवन निर्माणको काम सम्पन्न हुन्छ भन्ने कुरामा मन्त्रालयको प्रतिवद्धता र योजना जान्न चाहेका हौं। त्यो मन्त्रीसहितकै उपस्थितिमा समितिमा छलफल गर्न चाहेको हो। मन्त्रीज्यूको उपस्थिती हुन सकेन,’ उनले भने।

बैठकमा सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची थियो।

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, साउन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्