Kathmandu Press

अख्तियारका प्रमुख आयुक्तविरुद्ध अख्तियारमै उजुरी 

सफलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता र नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसाको ‘व्याग’ राखिदिएको विषयमा छानविन र कारबाहीको माग गरेका हुन्।
अख्तियारका प्रमुख आयुक्तविरुद्ध अख्तियारमै उजुरी 

काठमाडौं, साउन ११ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ।

राईमाथि अनुसन्धान गर्नुपर्ने माग राखेर सिन्धुली कमलामाईका युवराज पौडेल सफलले उजुरी दर्ता गरेका हुन्। 

Hardik ivf

सफलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता र नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसाको ‘व्याग’ राखिदिएको विषयमा छानविन र कारबाहीको माग गरेका हुन्।

गतसाता विशेष अदालतले वाइडबडी विमान खरिद भ्रष्टाचार प्रकरणमा केहीलाई छान्ने र केहीलाई छाड्ने गरी चयनपूर्ण अभियोजन गरेको भन्दै न्यायिक टिप्पणी गरेको थियो । यही बिषयमा राईविरुद्ध छानविनको माग राखेर उजुरी दर्ता गरिएको हो। 

उजुरीमा नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितामा समेत राई मुछिएकाले अनुसन्धान हुनुपर्ने माग समेत गरिएको छ। 

राई आपूर्ति मन्त्रालयको सचिवको हैषियतमा नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्ष हुँदा जग्गा खरिदमा अनियमितता भएको भन्दै संचारमाध्यममा समाचार प्रकाशित भएको थियो।

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मुद्दा चलाइए पनि राईलाई उन्मुक्ति दिइएको प्रश्न सफलले उठाएका छन्। 
 

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, साउन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्