Kathmandu Press

प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमाले सांसदले गरे अवरुद्ध

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसदहरूले रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी गर्दै अवरुद्ध बनाएका हुन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमाले सांसदले गरे अवरुद्ध
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २९ : प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमाले सांसदहरूले अवरुद्ध बनाएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसदहरूले रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी गर्दै अवरुद्ध बनाएका हुन् ।

आफ्ना तत्कालीन १४ सांसदलाई पदबाट बर्खास्त गर्नुपर्ने, उनीहरूलाई बैठकमा भाग लिन दिन नहुने माग गर्दै उनीहरूले संघीय संसदको नवौँ महाधिवेशका बैठक निरन्तर अवरुद्ध बनाउँदै आएका छन् ।

सभामुख सापकोटाले संसदको गतिरोध अन्त्यका लागि सोमबार बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो । आफ्ना १४ सांसदलाई बर्खास्त गरिएको पत्र नटाँसेसम्म सभामुखसँग वार्तामा नबस्ने अडानमा एमाले देखिँदै आएको छ ।

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्