Kathmandu Press

मानव अधिकार आयोगको अनुरोधपछि विष्णु माझीको माइतीघरमा प्रहरी

स्याङ्जा, भदौ २८ : राष्ट्रिय मानव अधिकार आयोगले चर्चित लोकदोहोरी गायिका विष्णु माझीको अवस्था बुझ्न आग्रह गरेर जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएपछि...
मानव अधिकार आयोगको अनुरोधपछि विष्णु माझीको माइतीघरमा प्रहरी

स्याङ्जा, भदौ २८ : राष्ट्रिय मानव अधिकार आयोगले चर्चित लोकदोहोरी गायिका विष्णु माझीको अवस्था बुझ्न आग्रह गरेर जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएपछि प्रहरी टोली परिचालित भएको छ।

आयोगले देखाएको चासोलाई मध्यनजर गरेर जिल्ला प्रशासनको निर्देशनमा जिल्ला प्रहरी कार्यालयको टोली गायिका माझीको चापाकोटस्थित माइतीघर पुगेर सोधखोज गरेको हो।  

जिल्ला प्रहरी स्याङ्जाका एसपी होबिन्द्र बोगटीले दिएको जानकारी अनुसार परिचालित प्रहरी टोलीले गायिका माझीको माइतघरमा कोसैसँग पनि भेट्न सकेन। माझीका आमाबुवाको निधन भइसकेको र दाजु वैदेशिक रोजगारमा रहेको खबर टोलीले ल्याएको उनको भनाइ छ।

Hardik ivf

गायिका माझीको माइतीघरको अवस्था आयोगलाई मौखिक रूपमा जानकारी गराइसकिएको एसपी बोगटीले जानकारी दिए। तीज पर्वका अवसरमा बजारमा आएको ‘चरी जेलैमा’ गीतले पछिल्लो समय निकै चर्चा पाएको थियो।

विष्णु माझीले गाएको उक्त गीतले चर्चा कमाएसँगै उनको जीवन पनि गीतमा भनिए भन्दा फरक नभएको तर्क गर्दै सामाजिक सञ्जालहरूमा विभिन्न कोणबाट टीकाटिप्पणीहरू हुँदै आएका छन्।

लोक गायनमा सर्वाधिक चर्चित भएर पनि निजी जीवनमा गुमनाम भएपछि माझीका बारेमा यथार्थ जानकारी बाहिर आउनुपर्ने भन्दै  आवाज पनि उठिरहेको छ।

कसैकसैले कसैको पनि निजी जीवनको चियोचर्चो गर्न नहुने तर्क पनि गर्दै आएका छन्। ‘चरी जेलैमा’ बोलको गीतमा उनकै पति सुन्दरमणि अधिकारीको शब्द रहेको छ।

विष्णु माझीका बारेमा यसअघि पनि जनमानसमा निकै धेरै चासो र चिन्ता व्यक्त गर्न थालिएपछि स्याङ्जा प्रहरीले खोजी गरेको थियो।

प्रहरीले बोलाएपछि २०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर गायिका माझीले आफ्नै स्वेच्छाले सार्वजनिक जीवनमा नआएको धारणा राखेकी थिइन्।  

प्रकाशित मिति: १७:१३ बजे, सोमबार, भदौ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्