अपर तामाकोसीको १२औं र १३औं वार्षिक साधारणसभा असोज १९ गते हुने
काठमाडौं, भदौ २८ : अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आगामी असोज १९ गते कम्पनीको १२औं (आव २०७५/७६) र १३औं (आव २०७६/७७) वार्षिक साधारणसभा गर्ने...
काठमाडौं, भदौ २८ : अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आगामी असोज १९ गते कम्पनीको १२औं (आव २०७५/७६) र १३औं (आव २०७६/७७) वार्षिक साधारणसभा गर्ने भएको छ।
कम्पनीको भदौ १७ गते बसेको बैठकले असोज १९ गते बिहान साढे ११ बजे विद्युत् प्राधिकरणको दरबारमार्गस्थित प्रधान कार्यालयबाट भर्चुअल रूपमा साधारण सभा गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए।
कोरोना महामारी अझै कायम रहेकाले सबै सेयरधनी सदस्यलाई भर्चुअल रूपमा साधारणसभामा सहभागी भइदिन कम्पनीले आग्रह गरको छ।
साधारण सभाको प्रयोजनका लागि असोज ४ गते एक दिनका लागि कम्पनीको सेयर दर्ता पुस्तिका तथा सेयर दाखिला खारेज बन्द हुने पनि कम्पनीले जनाएको छ।
प्रकाशित मिति: १६:४८ बजे, सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार