Kathmandu Press

सुन मूल्य तोलामा १३ सय बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार तीनसय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। 
सुन मूल्य तोलामा १३ सय बढ्यो

काठमाडौं, भदौ ५ : नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार तीनसय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। 

हिजो तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९३ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर दुई हजार दुई सय ९० रुपैयाँ कायम भएकोे छ।

प्रकाशित मिति: १२:०८ बजे, बिहीबार, भदौ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्