Kathmandu Press

सामान्य अंकले नेप्से, कारोबार रकम साढे ५ अर्बमै सीमित

घिल्लो दिन ६ अर्बबढीको कारोबार भएकोमा मंगलबार कुल ३१६ स्टकको ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर कारोबार भएको छ।
सामान्य अंकले नेप्से, कारोबार रकम साढे ५ अर्बमै सीमित

काठमाडौं, भदौ ३ : मंगलबार नेप्से परिसुचक सामान्य अंकले बढेको छ। ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेर रोकिएको छ। 

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्बबढीको कारोबार भएकोमा मंगलबार कुल ३१६ स्टकको ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर कारोबार भएको छ।

Hardik ivf

आज सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेको छ। फ्लोट इण्डेक्स ०.४० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.४९ अंकले बढेको छ।

सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य ४७.४९ रुपैयाँले बढेर ७२७.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। पियोर इनर्जी हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ५३.१० रुपैयाँले बढेर ९२५.६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

इस्र्टन हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.९० रुपैयाँले बढेर ६१४.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिटी होटल लिमिटेडको शेयर मूल्य २०.८७ रुपैयाँले बडेर ६०३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस्तै, नारायण्ीा विकास बैंकको शेयर सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेर १४५९.२५ रुपैयाँमा कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रो पावरको शेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५८१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन डिस्टिलरी लिमिटेड, राधी जलविद्युत कम्पनी र बुटवल पार कम्पनीको शयेर सबैभन्दा धेरै कारोबार भएको छ।
 

प्रकाशित मिति: १६:३२ बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्