Kathmandu Press

सामान्य अंकले घट्यो नेप्से

कुल ३२३ स्टकको ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर कारोबार भएको छ। 
सामान्य अंकले घट्यो नेप्से

काठमाडौं, भदौ ४ : लगातार दुई कारोबार दिन बढेको नेप्से परिसुचक बुधबार भने घटेको छ। आज नेप्से पसिुचक ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा पुगेर रोकिएको छ। 

कुल ३२३ स्टकको ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर कारोबार भएको छ। 

Hardik ivf

सेन्सेटिभ इण्डेक्स २.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ।

आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता २९.२० रुपैयाँले बढेर ३२१.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

चन्द्रागिरी हिल्सको शेयर मूल्य प्रतिकित्ता ७२.८६ रुपैयाँले १०५४.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता २१.७९ रुपैयाँले बढेर ५८८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आज पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शयेर मूल्य आज ४०.५८ रुपैयाँले घटेर ४०८.६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ३५.२८ रुपैयाँले घटेर ७३१.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २०.८४ रुपैयाँले घटेर ५९१.२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आज नेपाल रिइन्स्योरेन्स कमपनी, हिालयन रिइन्स्योरेन्स, चन्द्रागिरी हिल्स, युनाइटेड मोदी इनर्जी र राधि विद्युत कम्पनीको शयेर सबैभन्दा धेरै कारोबार भएको छ।
 

प्रकाशित मिति: १७:१० बजे, बुधबार, भदौ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्