एमालेको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
एमाले सांसदहरूको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
काठमाडौं, भदौ २७ : एमाले सांसदहरूको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
आइतबार दिउँसो १ बजे सुरु भएको बैठक एमाले सांसदहरूले नाराबाजी गर्दै अवरुद्ध बनाएका थिए । त्यसपछि १५ मिनट स्थगित भएर पुनः सुरु भएको बैठक पनि एमाले सांसदले अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बताएका हुन् ।
दोस्रो बैठक सुरु हुनुअघि सभामुख सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायतसँग वार्ता गरेका थिए । तर, त्यसबाट बैठक अगाडि बढाउनेबारे कुनै ठोस निष्कर्ष निस्किन सकेको थिएन ।
दोस्रो बैठकमा पनि सभामुख सापकोटाले संवादमा आउन एमाले सांसदहरूलाई आग्रह गरेका थिए ।
प्रकाशित मिति: १५:०५ बजे, आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
