आमा बनिन् अभिनेत्री ऋचा शर्मा
काठमाडौं, भदौ २२ : अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको छ । बुधबार बिहान करिब सात बजे नर्भिक अस्पतालमा उनले छोरा जन्माएकी हुन् । आमा...
काठमाडौं, भदौ २२ : अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको छ । बुधबार बिहान करिब सात बजे नर्भिक अस्पतालमा उनले छोरा जन्माएकी हुन् । आमा र छोरा दुवैको स्वास्थ सामान्य रहेको अस्पतालले जनाएको छ ।
कमेडी च्याम्पियनकी जजसमेत रहेकी शर्भालाई पुत्र लाभ भएको जानकारी कमेडी च्याम्पियनको आधिकारिक फेसबुक पेजले पनि सार्वजनिक गरेको छ ।
केही समयअघि मात्र उनले उक्त शोबाट विश्राम लिएकी थिइन् ।
भर्सटाइल अभिनेत्रीको रुपमा चर्चित ऋचा शर्माले ‘उमा’, ‘टलक जंग भर्सेस टुल्क’, ‘लुट’, ‘भिजा गर्ल’, ‘सुुनकेशरी’ आदिमा अभिनय देख्न सकिन्छ ।
प्रकाशित मिति: ११:५० बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार