Kathmandu Press

विश्वभरको इन्टरनेट ठप्प पार्नसक्ने सौर्य आँधी आउँदै

काठमाडाैं भदाै १९ : वैज्ञानिकहरुले पृथ्वीमा भयानक सौर्य आँधी आउन लागेको बताएका छन्। उनीहरुका अनुसार सौर्य आँधी इन्टरनेटसहित पृथ्वीमा विकास भएका प्राविधिक पूर्वाधार...
विश्वभरको इन्टरनेट ठप्प पार्नसक्ने सौर्य आँधी आउँदै

काठमाडाैं भदाै १९ : वैज्ञानिकहरुले पृथ्वीमा भयानक सौर्य आँधी आउन लागेको बताएका छन्। उनीहरुका अनुसार सौर्य आँधी इन्टरनेटसहित पृथ्वीमा विकास भएका प्राविधिक पूर्वाधार ध्वस्त बनाउन सक्ने क्षमताको हुनेछ।

पछिल्लो समय मानिसहरु प्रविधिमा निर्भर हुने क्रम बढ्दो छ। दैनिक जीवनयापनमा प्रविधि, विशेषतः इन्टरनेट अपरिहार्य बनिसकेको छ। तर, नयाँ अध्ययनले भने प्रविधिको क्षेत्रमा भएका तमाम विकास ध्वस्त हुने र लगभग ‘इन्टरनेट ब्लाकआउट’को अवस्था सिर्जन हुनसक्ने देखाएको हो।

क्यालिफोर्निया विश्वविद्यालयकी संगीता अब्दु ज्योतीले सौर्य आँधीबारे अध्ययन गरेकी हुन्। यदि यो सौर्य आँधी पृथ्वीमा आएको खण्डमा इन्टरनेट ब्लाकआउट हुनुका साथै हाम्रो डिजिटल जिन्दगी उलटपुलट बनाइदिने उनको अध्ययनबाट देखिएको छ। संगीताले सिगकम २०२१ को डेटा कन्फ्रेन्समा यससम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

उनको अध्ययनमा फाइबर अप्टिक्स प्रयोग गर्ने स्थानीय तथा क्षेत्रीय इन्टरनेट पूर्वाधारमा भने धेरै नोक्सान पुग्ने पनि देखिएको छ। तर, समुद्रमुनि राखिएका केबलबाट प्रसारित इन्टरनेट प्रयोगकर्ताहरु भने सौर्य आँधीका क्रममा अफलाइन हुनेछन्।

यसअघि सन् १८५९ र १९२१ मा सौर्य आँधी आएको थियो भने सबैभन्दा पछिल्लो सौर्य आँधी सन् १९८९ मा आएको थियो। सन् १९८९ को सौर्य आँधीले क्यानडामा रहेको हाइड्रो–क्यूबेक पावर ग्रिडमा ठूलो क्षति पु¥याएको थियो। जसकारण उत्तरपूर्वी क्यानडामा पूरै ब्लाकआउट भएको थियो।

यदि अब आउने सौर्य आँधीले इन्टरनेट सेवा अवरुद्ध गरेमा विश्व अर्थतन्त्रमा इतिहासकै सबैभन्दा ठूलो गिरावट आउनेछ। फोब्र्समा प्रकाशित रिपोर्टका अनुसार एकदिन इन्टरनेट नभएको अवस्थामा अमेरिकाको अर्थतन्त्रमा मात्रै दैनिक ७.२ बिलियन डलरको नोक्सान हुन्छ।

सारा विश्वको हिसाब गर्ने हो भने यसबाट डरलाग्दो अंक आउनेछ। किनकी हरेक दिन हामी इन्टरनेटप्रति थप निर्भर हुँदै जाँदै छौं।

प्रकाशित मिति: ०६:४३ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्