Kathmandu Press

प्रधानमन्त्री ओलीले भने– देशको स्वार्थलाई माथि राख्नेहरु सरकारमा छौं, अब विकास हुन्छ

काठमाडौं, असार २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन्।

आइतबार राष्ट्रिय युवा परिषद्....

प्रधानमन्त्री ओलीले भने– देशको स्वार्थलाई माथि राख्नेहरु सरकारमा छौं, अब विकास हुन्छ
Hardik ivfHardik ivf

काठमाडौं, असार २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन्।

आइतबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमूना युवा संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन बताए।

‘विगतका शासकहरुको अदूरदर्शीता र निजी स्वार्थका कारणले देशको विकास हुन सकेन। तर अब त्यो अवस्था छैन,’प्रधानमन्त्री ओलीले भने,‘ अहिले आफ्नो लागि भन्दा देशको स्वार्थलाई माथि राख्नेहरु सरकारमा छन्। त्यसैले नेपालको विकास गर्न समस्या छैन।’

प्रधानमन्त्री ओलीले देशमा अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्यता भएकाले पनि देश विकासका लागि अनुकुल समय भएको बताए।

प्रधानमन्त्री ओलीले आफूले २०४० सालतिर जेलमा छँदा खर्पन भन्ने कविता लेखेको स्मरण गर्दै देश विकासका लागि आफू सबै जनतालाई खर्पनमा बोकेर हिड्न तयार भएको बताए।

‘देशको विकासका लागि म युवालाई, बालबालिकालाई, ज्येष्ठ नागरिकलाई दुवैतिर खर्पनमा बोकेर हिड्न तयार छु,’ उनले भने।
 

प्रकाशित मिति: १७:५५ बजे, आइतबार, असार २९, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्