Kathmandu Press

धुलिखेलमा पुष्प र प्रकृतिको रोमान्स (भिडियो) 

काठमाडौं, साउन २० : चर्चित गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘जिउनु छ साथमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको...
धुलिखेलमा पुष्प र प्रकृतिको रोमान्स (भिडियो) 
Hardik ivfHardik ivf

काठमाडौं, साउन २० : चर्चित गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘जिउनु छ साथमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय नायक पुष्प खड्का र प्रकृति घिमिरेको अभिनय रहेको भिडियो रोमान्टिक लभ स्टोरीमा आधारित रहेको छ । ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतको भिडियो सुलेमान शंकर ‘ईकु’ले निर्देशन गरेका हुन्।

भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् भने सम्पादन सन्देश शाहको छ । मुस्कान ढकालको कन्सेप्टमा तयार भएको भिडियोमा शिशिर खातीको कोरियोग्राफी छ ।

भिडियो पर्यटकीय धुलिखेल आसपासका रिर्सोटमा खिचिएको छ । 

प्रकाशित मिति: १९:४५ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्