मौलिक झ्याउरे भाका ‘घन घन मादल’ सार्वजनिक
गीतमा ढकालसँगै चर्चित गायिका शान्ती श्री परियार, लिला पौडेल र शंकर ढकालको स्वर रहेको छ। ढकालले यसअघि पनि केहि गीतमा आफ्नो स्वर दिइसकेका छन् ।
काठमाडौं, साउन २८ : गायक एवं सर्जक रामचन्द्र ढकालले मौलिक झ्याउरे भाकालाई समेटेर नयाँ लोकगीत ‘घन घन मादल’ सार्वजनिक गरेका छन्।
गीतमा ढकालसँगै चर्चित गायिका शान्ती श्री परियार, लिला पौडेल र शंकर ढकालको स्वर रहेको छ। ढकालले यसअघि पनि केहि गीतमा आफ्नो स्वर दिइसकेका छन् ।
गायक शंकर ढकालको प्रस्तुति रहेको गीतमा लय तथा शब्द संकलन लिला पौडेलको रहेको छ भने भिडियोको परिकल्पना र निर्देशन रामचन्द्र ढकाल स्वयंले गरेका हुन्। भाषा, भेषभूषा र भाका जोगाउनु सर्जकको दायित्व भएको भन्दै मौलिकता जोगाउन यस्तो गीत सार्बजनिक गरिएको गायक शंकर ढकालले बताए ।
भिडियोमा गुरुङ चलचित्रका चर्चित अभिनेता तारा बहादुर गुरुङले लाहुरे पात्रको भूमिकामा अभिनय गरेका छन्। साथमा अनमोल भण्डारी, बिनु कार्की र कृष्णमाया पौडेलको अभिनय पनि देख्न सकिन्छ।
प्रकाशित मिति: ०८:२९ बजे, बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(56)-1764919423.jpg)







