Kathmandu Press

फिल्म ‘कोशेढुङ्गा’को तिमल्सिनाले लेखेको गीत ‘भंगेरा भंगेरी’ सार्वजनिक [भिडियो]

विदुर तिमल्सिना ‘देवदुत’ ले लेखेको शब्दमा रिदम कँडेल र बेनिशा पौडेल स्वर छ। गीत संगीत पनि कँडेल कै छ। 
फिल्म ‘कोशेढुङ्गा’को तिमल्सिनाले लेखेको गीत ‘भंगेरा भंगेरी’ सार्वजनिक [भिडियो]

काठमाडौं, साउन २१ : सरोज पौडेल निर्देशित फिल्म ‘कोशोढुङ्गा’को प्रेमिल गीत ‘भंगेरा भंगेरी’ सर्वाजनिक भएको छ।

विदुर तिमल्सिना ‘देवदुत’ ले लेखेको शब्दमा रिदम कँडेल र बेनिशा पौडेलकाे स्वर छ। गीत संगीत पनि कँडेल कै छ। 

देवदुतले यसअघि दर्जनभन्दा बढी गीतमा आफ्नो शब्द लेखिसकेका छन्। गैंडा चुरोट, राजाको हात्तीलगायतका केही गीतले उनलाई चर्चामा ल्याएको थियो।

सुरक्षा पन्त र मन्जिल कुमार फिचर्ड गीतको भिडियोमा भंगेरा र भगेरीको मायालाई बिम्व बनाएर तयार गरिएको छ। भिडियो चित्लाङमा खिचिएको छ। 

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्यमा बनेको फिल्म भदौ १२ बाट प्रदर्शनमा आउने छ। प्रेविल कँडेल र किशोर अनुराग फिल्मका निर्माता हुन्।

फिल्ममा सुरक्षा र मन्जिलसँगै आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाललगायतको अभिनय छ। 

प्रकाशित मिति: १६:१७ बजे, बुधबार, साउन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्