तीन दिनभित्र क्रियाशील सम्बन्धी विवाद टुंगो लगाउने कांग्रेस शीर्ष नेताबीच सहमति
काठमाडौं, साउन २० : नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ।नेपाली कांग्रेसका शीर्ष नेताहरू...
काठमाडौं, साउन २० : नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ।
नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो।
बैठकमा नेताहरूबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिनभित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन भदौ १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ।
तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भईसकेकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका व्यक्त गरिएको छ ।
प्रकाशित मिति: १९:३९ बजे, बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
