Kathmandu Press

गण्डकी प्रदेशमा थप ५०० जना कोरोना संक्रमित 

काठमाडौं, साउन २० : गण्डकी प्रदेशमा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा १ हजार ११५ जनाको नमुना परिक्षण...
गण्डकी प्रदेशमा थप ५०० जना कोरोना संक्रमित 
Hardik ivfHardik ivf

काठमाडौं, साउन २० : गण्डकी प्रदेशमा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ११५ जनाको नमुना परिक्षण गरिएकोमा ५०० जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये २३१ महिला र २६९ जना पुरुष रहेका छन् । प्रदेशका १० जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै म्याग्दीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार कास्की १४८, बागलुङ १६, स्याङ्जा ६७, म्याग्दी १, पर्वत ७१,गोरखा ४३, लमजुङ १६,तनहुँमा ५३ र नवलपुरमा ८५ जनामा संक्रमण देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९ हजार ६५१ पुगेको छ । यस्तै, प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०९ जना पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ८५६ पुगेको छ ।  

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्