Kathmandu Press

‘समयका आधारमा होइन, कामका आधारमा बजेट छुट्याइनुपर्छ’

काठमाडौं, साउन २० : कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले केन्द्र र प्रदेशले आफूहरुलाई पर्याप्त बजेट नदिएको भन्दै काम कार्यान्वयनको आधारमा भुक्तानी हुनुपर्ने...
‘समयका आधारमा होइन, कामका आधारमा बजेट छुट्याइनुपर्छ’

काठमाडौं, साउन २० : कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले केन्द्र र प्रदेशले आफूहरुलाई पर्याप्त बजेट नदिएको भन्दै काम कार्यान्वयनको आधारमा भुक्तानी हुनुपर्ने बताएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष बमले समयका आधारमा नभई कामका आधारमा बजेट छुट्याइनुपर्नेमा जोड दिए। 

बमले सरकारका तीन तहले जनताको जनजीविकाको विषयमा सम्बोधन नगरेको बताए। उनले भने, ‘देशभरका जनता पार्टीको मात्र नभएर सबैको साझा हुन्, काखा र पाखा गरेर छुट्याउन पाइँदैन।’ 

उनले आफ्नो गाउँपालिकालाई छुट्याइएको साढे २ करोड रकमबाट कोभिड नियन्त्रण विपद्का लागि मात्र १ करोड रुपैयाँ बजेट खर्चिएपछि विकासको काम अगाडि बढाउन नसकेको स्पष्ट पारे।

उनले कोरोना विपद्को कारण गाउँपालिकालाई साढे ३ करोड घाटा लागेको खुलाउँदै भने, ‘समयका आधारमा नभई कामको आधारमा बजेट छुटउनुपर्छ।’

उनले कैयांै स्थानीय तहमा कामै नभएर बजेट फ्रिज भएको समेत सुनाए। उनले प्रदेश सरकार र संघ सरकारलाई यसबारे जानकारी दिएको बताए। 
अध्यक्ष बमले आफ्नो गाउँपालिकालाई संघ सरकारमार्फत २४ करोड विनियोजन भएको उल्लेख गर्दै भने, ‘संघले २४ देखि ३० करोड रुपैयाँसम्म दिन सक्छ तर हामीलाई पर्याप्त दिइएन।’

बजेट निकासा दिने क्रममा पुरानो संचालन व्यवस्थाले कतै न कतै असर गरेको उनको भनाइ थियो। जेठमा ल्याइने बजेट असार मसान्तमा जाने हुँदा करोडौं बजेट फ्रिज हुने सम्भावना बढी हुने बमले जिकिर गरे।

उनले सरकारलाई मुल समस्याको पहिचान गरी समाधानमा केन्द्रित हुनसमेत आग्रह गरे। असाढ मसान्तसम्ममा ढिलो गर्दा बजेट फ्रिज हुने र डकुमेन्ट मिलाएर खाने विधिलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

फागुन महिनासम्ममा नै बजेट निकासा गरी सक्नुपर्ने उनको भनाइ थियो। ‘अबको बजेट उत्पादनमुखि हुनुपर्छ,’ उनले भने।

बजेट उत्पादनमुखि हुनुपर्छ भन्दै वितरणमुखी बजेटले आर्थिक पक्ष बलियो नहुने बताए। राजनितिक सिस्टम र वैचारिक हिसाबले अब देश अघि बढ्नुपर्ने उनको तर्क थियो। अबको बजेट निकासा गर्दा क्षति कम र उपलब्धी बढी हुने गरी विभिन्न निति अलम्बन गर्नुपर्ने बताए। शिक्षित वर्गले ढुङ्गामुढा हानेर नभई विधि, विधान र प्रक्रियाबाट अघि बढ्नुपर्ने सुझाव दिदै भने,‘अब विध्वंश होइन बनाउने गरी बढ्नुपर्छ।’

अध्यक्ष बमले कोभिड–१९ को महामारीमा ४० जना कोरोना संक्रमितलाई गाउँपालिकाले उपचार गरेको बताए। सामान्य लक्षण देखिएका नागरिकहरुलाई एउटा घरमा राखेर डाक्टर त्यही बोलाएर जाँच गरेको बताए। साथै गाउँपालिकाले त्रैमासिक रुपमा सार्वजनिक सुनुवाइ गर्ने गरेको समेत जानकारी दिए। 

झन्डा देखाएर जायज माग पुरा हुनुपर्ने विधिको अत्न्य हुनुपर्ने उनको भनाइ थियो। संघीय गणतन्त्र स्थापना गर्न युवाहरु अघि बढ्नुपर्ने उनको धारणा थियो। 


 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्