Kathmandu Press

सुनको मूल्य तोलामै ३९सय बढ्यो, पुग्यो २ लाख २१ हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यो कीर्तिमानी मूल्य हो।
सुनको मूल्य तोलामै ३९सय बढ्यो, पुग्यो २ लाख २१ हजार

काठमाडौं, असोज ७ : नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा तीन हजार नौ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यो कीर्तिमानी मूल्य हो।

यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
 
प्रकाशित मिति: १२:२८ बजे, मंगलबार, असोज ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्