सानिमा लाइफको आईपीओ आजबाट खुल्यो
काठमाडौं, साउन १२ : सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट खुला भएको छ।इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता...
काठमाडौं, साउन १२ : सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट खुला भएको छ।
इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओे खुला गरेको हो।
तीमध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई छुट्याइएको इन्स्योरेन्सले जनाएको छ।
सर्वसाधारणले ५४ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले जारी पुँजीको ३० प्रतिशत सेयर आईपीओमार्फत बिक्री गर्न लागेको जनाइएको छ।
न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्म आईपीओका लागि आवेदन दिन सकिनेछ।
उक्त आईपीओका लागि साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा आईपीओ बिक्री नभएर भदौ २ गतेसम्मका लागि आवेदन म्याद निर्धारण गरिएको छ।
इन्स्योरेन्सले आईपीओ निष्कासन तथा बित्रली प्रबन्धक प्रभु क्यापिटललाई तोकेको छ।
प्रकाशित मिति: १२:१० बजे, बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार