Kathmandu Press

२ मिनेटमै १०७.०४ अंक घटेपछि शेयर कारोबार २० मिनेटका लागि बन्द

२ मिनेटमै १०७.०४ अंक घटेपछि शेयर कारोबार २० मिनेटका लागि बन्द

काठमाडौं, असोज २ : सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ।

प्रि–ओपन सेसनमै घट्न सुरु भएको नेप्से, नियमित कारोबार खुलेको दुई मिनेटमै १०७.०४ अंकले ओरालो लाग्दा कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो।

यस अवधिमा २०० स्टकको १,८५७ पटकको कारोबारमार्फत ३ लाख ३४ हजार २७५ कित्ता सेयर खरिद–बिक्री भइ १५ करोड ६६ लाख रुपैयाँभन्दा बढी रकम बराबरको कारोबार भएको थियो।

अब बजार ११ः२२ बजेबाट पुनः खुलिसकेको छ ोपछि नेप्से परिसूचक थप ५ प्रतिशतसम्म घटे दोस्रो सर्किट लाग्नेछ र कारोबार फेरि ४० मिनेटका लागि रोकिनेछ।
 

प्रकाशित मिति: ११:३८ बजे, बिहीबार, असोज २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्