Kathmandu Press

तीन नेगेटिभ सर्टिक ब्रेकपछि नेप्सेको कारोबार स्थगित

बिहीबार कारोबार खुलेको एक घण्टामै तीन पटक नेगेटिभ सर्टिक ब्रेक लागेपछि कारोबार स्थगित गरिएको हो। 
तीन नेगेटिभ सर्टिक ब्रेकपछि नेप्सेको कारोबार स्थगित

काठमाडौं, असोज २ : जेनजी आन्दोलनपछि खुलेको सेयर बजार एक घण्टामा बन्द भएको छ। 

बिहीबार कारोबार खुलेको एक घण्टामै तीन पटक नेगेटिभ सर्टिक ब्रेक लागेपछि कारोबार स्थगित गरिएको हो। 

बिहीबार कारोबार खुलेको २ मिनेटमै पहिलो सर्टिक लागेको थियो। जसमा नेप्से १०७.०४ अंकले घटेको थियो।

त्यसपछि २० मिनेटपछि खुलेको नेप्सेमा एक मिनेटमै दोस्रो सर्टिक लागेको थियो। समग्रमा ५ प्रतिशत नेप्से घटे या बढेपछि दोस्रो सर्किट लाग्छ। 

दोस्रो सर्किटपछि ४० मिनेटपछि पुनः कारोबार खुलेको थियो । तर, खुलेको एक मिनेटमै पुनः १ प्रतिशत नेप्से घटेपछि तेस्रो सर्किट लागेको थियो। त्यसपछि कारोबार बन्द गरिएको थियो। 

६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ। 

बिहीबार कुल करिब ४ मिनेट मात्रै कारोबार भयो। ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, असोज २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्