Kathmandu Press

बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने

राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले न्युयोर्कमा परराष्ट्र मन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा यस्तो घोषणा गरेको नेपाल स्थीत अमेरिकी दुतावासले जानकारी दिएको छ । दुतावासका अनुसार उपविदेश मन्त्री हुकरले बाढीबाट प्रभावित नेपाली तथा नेपालमा बेपत्ता रहेका करिब ७० जना अमेरिकीका परिवारप्रति सहानुभूति व्यक्त गरेका हुन् ।
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने

काठमाडौं, असोज ७ : अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ ।

राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले न्युयोर्कमा परराष्ट्र मन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा यस्तो घोषणा गरेको नेपाल स्थीत अमेरिकी दुतावासले जानकारी दिएको छ । दुतावासका अनुसार उपविदेश मन्त्री हुकरले बाढीबाट प्रभावित नेपाली तथा नेपालमा बेपत्ता रहेका करिब ७० जना अमेरिकीका परिवारप्रति सहानुभूति व्यक्त गरेका हुन् ।

अमेरिकाले आवश्यकताअनुसार निर्माण गरिने स्थायी पुलका लागि १ करोड डलर उपलब्ध गराउने योजना बनाएको छ । ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने र बाढी प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनस्र्थापना तथा क्षेत्रीय कनेक्टिभिटी सुधारमा प्रयोग गरिने जनाइएको छ । त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोसम्बन्धी सहयोगका लागि थप ८० लाख डलर उपलब्ध गराउने घोषणा गरिएको छ ।

विपद्पछिको पुनस्र्थापना कार्यलाई थप प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोनका लागि पनि १ करोड ३० लाख डलर उपलब्ध गराउने अमेरिकी विदेश मन्त्रालयको योजना छ । नयाँ घोषणासँगै नेपालको बाढीसम्बन्धी प्रतिकार्य तथा पुनर्लाभका लागि अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको छ । अमेरिकाले आवश्यकताका आधारमा सहायता पु¥याउन नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने जनाएको छ ।

प्रकाशित मिति: १०:५६ बजे, बुधबार, असोज ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्