Kathmandu Press

चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु

बैतडी, साउन १९ : चट्याङ लागेर बैतडीमा  एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका...
चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु
Hardik ivf

बैतडी, साउन १९ : चट्याङ लागेर बैतडीमा  एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। 

सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ। चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै पानी भर्न गएका एक अर्का बालिका  भने सकुशुल रहेका छन्। घटनास्थलमै रहेको शवको परीक्षण आज गरिने प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, साउन १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्