Kathmandu Press

तिजको मर्मविपरीत गीत निकालेको भन्दै संस्थागत बहिष्कारमा परे दुर्गेश 

काठमाडौं, साउन १८ : गायक तथा मोडल दुर्गेश थापा तिज गीत ‘ख्यास्स पुतली’ ल्याएपछि निकै विवादित बनेका छन्।उक्त गीत तीजको मर्मविपरित रहेको र...
तिजको मर्मविपरीत गीत निकालेको भन्दै संस्थागत बहिष्कारमा परे दुर्गेश 

काठमाडौं, साउन १८ : गायक तथा मोडल दुर्गेश थापा तिज गीत ‘ख्यास्स पुतली’ ल्याएपछि निकै विवादित बनेका छन्।

उक्त गीत तीजको मर्मविपरित रहेको र त्यसले सिंगो नेपाली कलासंस्कृतिमाथि प्रहार गरेको भन्दै उनको चौतर्फी विरोध हुँदै आएको छ। 

यसअघि पनि पटकपटक विवादित बनेका दुर्गेशले यसपटक भने अलि महँगै मूल्य चुकाउनुपरेको छ। किनभने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले दुर्गेशलाई संस्थागत बहिष्कार गर्ने निर्णय गरेको छ।

Hardik ivf

प्रतिष्ठानको आइतबार बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको बुझिएको छ। उक्त निर्णय सार्वजनिक भने हुन बाँकी छ। 

प्रतिष्ठानले सो गीत सार्वजनिक गरिनुअघि नै आपत्ति जनाउँदे पत्र काटेको भए पनि दुर्गेशले बेवास्ता गरेका थिए। गीतले तीजको मर्ममाथि प्रहार गरेको ठहर प्रतिष्ठानको छ। 

पछिल्ला वर्षहरुमा तीज गीतमा विकृति घट्दै गएको आभास प्रतिष्ठान गरे पनि दुर्गेशले अटेरीपनाका कारणा विकृत गीत आएको निष्कर्ष प्रतिष्ठानले निकालेको बताइएको छ।

दुर्गेशले डेढ साताअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बिच्चबिच्चमा-४ ख्यास्स पुतली’ बोलको गीत ल्याएका थिए। यो गीत सोमबार युट्युब नेपाली ट्रन्डिङको नवौं स्थानमा रहँदा १४ लाख भन्दा बढीले हरिसकेका छन्।

गीतलाई लिएर सामाजिक सञ्जालमा पनि चर्को विरोध भइरहेको छ।

त्यस्तै महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले पनि आपत्ति जनाएका छन्। ती संघसंस्थाले प्रहरीमा उजुरी दिने तयारी गरिरहेको पनि बुझिएको छ। 


 

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, साउन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्