Kathmandu Press

आइडिया नेपालले हस्तकला प्रबर्द्धनमा सघाउने

काठमाडौं, साउन १८ : हस्तकलाको ब्यवसायिक संरक्षण र प्रबर्द्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ।...
आइडिया नेपालले हस्तकला प्रबर्द्धनमा सघाउने

काठमाडौं, साउन १८ : हस्तकलाको ब्यवसायिक संरक्षण र प्रबर्द्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ। आइतबार महासंघमा आयोजित एक कार्यक्रमबीच महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सझौतापत्रमा हस्ताक्षर गरेकी हुन् । 

सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीहरु बीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना हुनेछ । उत्कृष्ट तीन प्रतियोगीलाई महासंघले इन्टेरिएर डिजाइनिङ अवार्ड प्रदान गर्ने महासंघका उपाध्यक्ष एवं हस्तकला वर्ष २०२१ का संयोजक रवीन्द्र शाक्यले जानकारी गराए। सझौतानुसार हस्तकलाको प्रबर्द्धनका लागि आइडिया नेपालले हस्तकलालाई पनि इन्टेरिएर डिजाइनमा समावेश गर्नेछ। 

Hardik ivf

जसका लागि एसियन पेन्ट्सले पनि सहकार्य गर्ने भएको छ। नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवद्र्धनात्मक अभियानअनुसार नै दुवै संस्थाबीच सहकार्यका लागि सझौता भएको उपाध्यक्ष शाक्यले जानकारी गराए । महासंघका अनुसार विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायनमान बनाउने कार्यमा सघाउ पुर्‍याउने उद्देश्य रहेको छ। 

आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिकरुपमा झण्डै २० अर्ब रुपैयाँ बराबरको हस्तकला समाग्रीको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुवै खस्किएको छ। निर्यात व्यापारको मेरुदण्डका रुपमा रहेको हस्तकलालाई पुनरजीवन महासंघले तीनवटै तहका सरकारसँगको सहकार्यमा जोड दिएको छ। 

कोरोनाका कारण कम्तिमा पनि आगामी एक वर्षसम्म नेपालमा बिदेशी पर्यटक आउने सम्भावना नरहेकोले हस्तकलाको आन्तरिक बजार बिस्तार गर्न सरकारी निकायले पनि नेपाली हस्तकला समाग्रीको प्रयोगमा ल्याउनुपर्ने महासंघको माग रहेको छ । सरकारले इन्टेरिएर डिजाइनिङसँग हस्तकला समायोजन तालिम संचालनका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताइएको छ।  
 

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, साउन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्