Kathmandu Press

टोकियो ओलम्पिक : चीन २१ स्वर्णसहित शीर्षस्थानमा

काठमाडौं, साउन १७ : टोकियो ओलम्पिकको पदक तालिकामा चीन शीर्षस्थानमा रहेको छ। अमेरिका र जापानले पछ्याइरहेका छन्।चीनले २१ स्वर्ण, १३ रजत र १२...
टोकियो ओलम्पिक : चीन २१ स्वर्णसहित शीर्षस्थानमा
Hardik ivfHardik ivf

काठमाडौं, साउन १७ : टोकियो ओलम्पिकको पदक तालिकामा चीन शीर्षस्थानमा रहेको छ। अमेरिका र जापानले पछ्याइरहेका छन्।

चीनले २१ स्वर्ण, १३ रजत र १२ कास्य गरी ४६ पदक जितेको छ। दोस्रो स्थानमा रहेको आयोजक जापान १७, स्वर्ण ५ रजत र ८ कास्यगरी ३० पदक जितेको छ।

त्यस्तै, अमेरिका १६ स्वर्ण, १७ रजत र १३ कास्य गरी ४६ पदकसहित तेस्रो स्थानमा रहेको छ। रसियन ओलम्पिक समिति ११ स्वर्ण, १५ रजत र ११ कास्यसहित ३७ पदक जित्दै चौथो स्थानमा छ।

यसैगरी, १० स्वर्ण, ३ रजत र १४ कास्यगरी २७ पदकसहित अष्ट्रेलिया पाँचौ स्थानमा छ। इंग्ल्यान्ड ८ स्वर्ण, ९ रजत र ११ कास्य गरी २८ पदक जितेर छैटौं स्थानमा रहेको छ। दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ७ कास्य गरी १६ पदक जितेर सातौ स्थानमा रहेको छ।

फ्रान्स ४ स्वर्ण, ९ रजत र ६ कास्य गरी १९ पदकसहित आठौं स्थानमा छ भने नेदरल्यान्ड्स ४ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ पदक सहित नवौं स्थानमा छ। न्युजिल्यान्ड ४ स्वर्ण, ३ रजत र ३ कास्य गरी १० पदकसहित शीर्ष १० मा अटाएको छ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ४९ राष्ट्रले स्वर्ण जित्दा ७६ राष्ट्रले पदक जित्न सफल भएका छन्।

प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्