Kathmandu Press

केटाकेटी बिरामी परिरहने भएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी

उर्मिला सहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।
केटाकेटी बिरामी परिरहने भएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी

गण्डकी, साउन १३ : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उर्मिला सहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।

Hardik ivf

“हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उाीहरू जहाँ बसेको हो त्यही रहेको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उनले भने, “उनीहरू त्यहाँ कोठा खोजेर बसेको रहेछ ।”

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए । उनीहरूका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ०८:३२ बजे, मंगलबार, साउन १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्