Kathmandu Press

कैलालीमा सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु

कैलाली, साउन १६ : कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ। वडा नं ८ का ७६ वर्षीय...
कैलालीमा सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु
Hardik ivf

कैलाली, साउन १६ : कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ। वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए।

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पुर्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले जानकारी दिए। वृद्धलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताइएको छ। 
 

प्रकाशित मिति: १३:४८ बजे, शनिबार, साउन १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्