Kathmandu Press

भीम रावललाई प्रदीप गिरिको जवाफ- कोही मन्त्री या प्रधानमन्त्री अपवाद छैन

कांग्रेस नेता प्रदीप गिरिले एमाले उपाध्यक्ष डा. भीम रावलले एमसीसीका सन्दर्भमा प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दिएको अभिव्यक्तिमा जवाफ दिँदै नेपालका कुनै मन्त्री र प्रधानमन्त्री अपवाद नरहेको बताएका छन् ।
भीम रावललाई प्रदीप गिरिको जवाफ- कोही मन्त्री या प्रधानमन्त्री अपवाद छैन

काठमाडौं, साउन १५ : कांग्रेस नेता प्रदीप गिरिले एमाले उपाध्यक्ष डा. भीम रावलले एमसीसीका सन्दर्भमा प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दिएको अभिव्यक्तिमा जवाफ दिँदै नेपालका कुनै मन्त्री र प्रधानमन्त्री अपवाद नरहेको बताएका छन् ।

डा. रावललगत्तै विशेष समय लिएर बोलेका गिरिले भने, ‘हामी आत्मनिर्भर बन्दाखेरी विदेशी सहायताबिना पनि बन्न सक्छौँ । हामीले हाम्रा देशका संशाधनलाई माल पाएर चाल नपाएको शैलीमा अगाडि बढाइरहेका छौँ । कोही अपवाद छैन । कुनै मन्त्री या प्रधानमन्त्री अपवाद छैनन् । उनीहरूले आफ्नो आत्माभित्र चिहाएका छैनन् । मुलुकभित्र हेरेका छैनन् । बाहिर, बाहिर, बाहिर मात्र हेरेका छन् । लिने कुरामा पनि, दिने कुरामा पनि ।’

कांग्रेस नेता गिरिको भनाइ जस्तो तस्तै

Hardik ivf

मैले झण्डै ५५ वर्षदेखि नजिकबाट चिन्दै आएको हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई शुभकामना दिन चाहन्छु । शुभकामनाका साथ केही संशय पनि छन् । मभन्दा पूर्ववक्ता प्रतिभाशाली एकजना सांसद (डा. भीम रावल) ले एउटा सम्झौता विशेषलाई केन्द्रमा राखेर गम्भीर वक्तव्य दिनुभयो । वक्तव्यमा उहाँले दिनुभएको मनशायका बारेमा म प्वाक्क बोल्ने पक्षमा छैन ।

तर, एउटा कुरा उहाँ माननीयज्यूलाई र यस संसदमा रहनुभएका यावत व्यक्ति र शक्ति, सांसद र दलहरूलाई सम्झना गराउन चाहन्छु । त्यो सन्धिको प्रयास अमेरिकाबाट आएको छ । यस्तो कुनै प्रस्ताव कुनै दिन हिन्दुस्थानबाट आउला अथवा आइसकेको होला । कुनै दिन चीनबाट आउला अथवा आइसकेको होला । युरोपियन युनियन एउटा शक्तिका रूपमा अगाडि बढेको छ । त्यहाँबाट पनि आउला अवथा आइसकेको होला ।

नेपाल एउटा सानो देश छ । भूगोलका हिसाबले सानो छैन । भारत र चीनका बीचमा परेर हामी सानो देखिन्छौँ । विश्वका राष्ट्रहरूको तुलनामा आफूलाई हेर्नुभयो भने हामी मनग्य ठूलो पनि छौँ । संशाधनले हामी रहित छौँ, गरिब छौँ तर हामी दरिद्र छैनौँ, मानसिकता मात्र दरिद्र छ । हामीसँग भएका अक्षय, अद्भूत र अमूल्य प्राकृतिक स्रोतहरू, हाम्रा नदीनालादेखि पर्वतराज हिमालयसम्म निहित साधन छन्, हामीले चिहाउन पनि भ्याएका छैनौँ । हामीलाई त विदेशी डलरको मात्र भोक छ, खोजी छ । यो ठूलो सांस्कृतिक विषय छ, राजनीतिक विषय मात्र छैन । त्यता जाने समय मलाई अहिले छैन ।

अहिले म के भन्न चाहन्छु भने भारत, चीन, अमेरिका, अर्को शक्तिका रूपमा आकांक्षी अनेकौँ राष्ट्र युरोपियन युनियनदेखि जापानसम्म, ती देशमा विदेश नीतिका सिलसिलामा यत्रो ज्यादा तथ्यहीन र उग्र मतभेद हुन्छ ? चाहे अमेरिका, भारत र चीन नै हेर्नूस्, ठीक छ बेठीक छ, उनीहरूको जे दृष्टिकोण छ तर नेपालप्रति आफ्नो दृष्टिकोण छ । त्यो ठीक छ कि बेठीक छ भन्दिनँ, ज्यादा बेठीक नै होला । तर, बेठीक किन छ भने हामी नेपालीले आज राजनीतिक दलको यत्रो दबदबा र चकचकीमा, देशमा लोकतन्त्र होइन, ज्यादातर दलतन्त्र चलिरहेका बेला दलतन्त्रका माझमा हाम्रा सरोकारवाला दलहरू किन साझा विदेश नीति बनाउन सक्दैनन् ?

पूर्ववक्ता माननीयले जति सारगर्भित कुरा राखे पनि एउटा कुरा स्मरण गराउन चाहन्छु । जबसम्म सबै दल साझा विदेश नीतिका प्रति प्रतिबद्ध हुँदैनन्, हामीमध्ये प्रत्येकले एकअर्कालाई तल देखाएर, उँचा देखाएर मुखको तीतो मात्र पोख्छौँ । अहिले यस खास सन्धिका बारे म टिप्पणी गर्न चाहन्नँ । हामी आत्मनिर्भर बन्दाखेरी विदेशी सहायताबिना पनि बन्न सक्छौँ । हामीले हाम्रा देशका संशाधनलाई माल पाएर चाल नपाएको शैलीमा अगाडि बढाइरहेका छौँ । कोही अपवाद छैन । कुनै मन्त्री या प्रधानमन्त्री अपवाद छैनन् । उनीहरूले आफ्नो आत्माभित्र चिहाएका छैनन् । मुलुकभित्र हेरेका छैनन् । बाहिर, बाहिर, बाहिर मात्र हेरेका छन् । लिने कुरामा पनि, दिने कुरामा पनि ।

म आज यो विषयका लागि उभिएको थिइनँ । तर, बडो विचारोत्तेजक ढंगबाट जिम्मेदार एमालेका मित्रले यो कुरा भन्नुभएकाले मलाई यो कुरा भन्न मन लाग्यो । मैले लामो समयदेखि बारम्बार विभिन्न मञ्चबाट भनिराखेको छु, पहिले हामी साझा दृष्टिकोण बनाऊँ, भारतका प्रति, चीनका प्रति, अमेरिकाका प्रति । अनि कुन सन्धि खारेज गर्ने, कुन राख्ने, कुन नराख्ने गर्नुभएन । यो राष्ट्रिय नीतिको प्रश्न हो । 

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, साउन १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्