Kathmandu Press

गण्डकीमा थप ४२७ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

गण्डकीमा थप ४२७ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं, साउन १४ : गण्डकी प्रदेशमा थप ४२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९५ जनाको नमुना परिक्षण गरिएकामा ४२७ जनामा संक्रमण देखिएको हो ।

संक्रमित मध्ये २०५ महिला र २२२ जना पुरुष रहेका छन् । प्रदेशका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।

विवरण अनुसार कास्की १६८, बागलुङ २१, स्याङ्जा ४३ म्यादी १८, पर्वत ४१, गोरखा ३१, लमजुङ ९, तनहुँमा २७ र नवलपुरमा ६९ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६६ हजार ७१६ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८३ जना पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ४०३ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४ हजार २३० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०:०३ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्