Kathmandu Press

सिन्धुली गोलन्जोरमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता

गोलन्जोर गाउँपालिस्थित भण्डास बिप्पर कटेरीबाट उर्मिला हायुको परिवारका १६ जना सदस्य बेपत्ता भएको जनाइएको छ।
सिन्धुली गोलन्जोरमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता

सिन्धुली, साउन १२ : सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ मा एकै परिवारका १६जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन्। बेपत्ताको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको छ। 

गोलन्जोर गाउँपालिस्थित भण्डास बिप्पर कटेरीबाट उर्मिला हायुको परिवारका १६ जना सदस्य बेपत्ता भएको जनाइएको छ। उनीहरु आइतबार रातिदेखि बेपत्ता छन्। 

हायु परिवारले सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएपछि परिवारका सबै सदस्य सम्पर्कविहीन भएका थिए। 

हायुको घरमा दायाँपट्टी आगो लागेर सामान्य क्षति पुगेको देखिन्छ । घर पालुवा जनावर अलपत्र अवस्थामा छाडिएका छन्। 

स्थानीय र प्रहरी मिलेर बेपत्ताको खोजी कार्य भइरहेको छ। 

प्रकाशित मिति: १४:३० बजे, सोमबार, साउन १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्