Kathmandu Press

लुम्बिनीमा लोसपाका पाण्डे बने मन्त्री

सांसद पाण्डेलाई आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन्।
लुम्बिनीमा लोसपाका पाण्डे बने मन्त्री

दाङ, साउन ११ : लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे लुम्बिनी प्रदेश सरकारमा मन्त्री नियुक्त भएका छन् ।

सांसद पाण्डेलाई आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन्।

Hardik ivf

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्याालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको बारे प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइ सकेको छ। उनको शपथ भोलि दिउँसो ३ बजे हुने छ । 

योसँगै लोपास पुनः सरकारमा सहभागी भएको छ। प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

पाण्डे तीन सांसद रहेको लोसपाका संसदीय दलका नेता हुन्। यसअघि डिल्ली चौधरी नेतृत्वको सरकारमा पनि उनी मन्त्री थिए।

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, साउन ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्