करेन्ट लागेर सिन्धुपाल्चोकमा एकको मृत्यु
सिन्धुपाल्चोक, साउन १४ : इन्द्रावती गाउँपालिका-१० खाल्टे बस्ने कामी भन्ने ६२ वर्षीय चन्द्रबहादुर तामाङको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ। सोही ठाउँस्थित जंगलमा...
सिन्धुपाल्चोक, साउन १४ : इन्द्रावती गाउँपालिका-१० खाल्टे बस्ने कामी भन्ने ६२ वर्षीय चन्द्रबहादुर तामाङको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ।
सोही ठाउँस्थित जंगलमा घाँस काट्न गएकोमा घरबाट करिब १ सय मिटर टाढा सडक छेउमा बिजुलीको पोल भाँची भुइँमा लत्रिएको तारमा टेक्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार