Kathmandu Press

जेनजी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान

चन्द्रपुरमा रहेको डिभिजन वन कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सडक डिभिजन कार्यालय लागयतकोमा पनि भौतिक तथा कागजपत्रमा क्षति पुगेको छ।
जेनजी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान

रौतहट, असोज २ : रौतहटको पाँच वटा स्थानीय तहसहित केही सरकारी कार्यालय भवनमा भौतिक तथा कागजपत्रमा क्षति पुगेपछी सेवा सुचारु हुन सकेको छैन्।

जेन–जी आन्दोलनको क्रममा चन्द्रपुर, गरुडा, कटहरिया, फतुवा विजयपुर र बौधीमाइ  नगरपालिकामा क्षति पुगेकाले सेवा संचालनमा समस्या भएको हो।

Hardik ivf

चन्द्रपुरमा रहेको डिभिजन वन कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सडक डिभिजन कार्यालय लागयतकोमा पनि भौतिक तथा कागजपत्रमा क्षति पुगेको छ।

सरकारी कार्यलयका  कागजपत्र कामै नलाग्नेगरि जलेकाले सेवा प्रवाहमा समस्य भएको हो। गरुडा नगरपालिका कार्यालयमा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट नगरपालिकामा भएको क्षतिका कारण तत्काल सेवा सुचारु गर्न नसकिने नगर प्रमुख कन्थमणि प्रसाद कलवारले जानकारी दिए। उनका अनुसार पालिकामा रहेका महत्त्वपूर्ण कागजपत्र जलेको छ।

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, फर्निचर, कम्प्युटर, प्रिन्टर लगायत सबै सामग्री नष्ट भएकाले तत्कालै सेवा सुचारु हुने अवस्था नरहेको बताए। यद्यपी, अब छिटै बैकल्पिक भवनबाट कार्यालय संचालन गरिने उनले बताए।

जिल्ला प्रशासन कार्यालय गौरले जेन–जी आन्दोलनको क्रममा करिब २० करोडभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। यद्यपि क्षतिको पूर्ण विवरण संकलनको काम जारी राखेकाले यो रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ।

गौर नगरपालिकामा ६४ लाख, जिल्ला प्रशासन कार्यालयमा ९ लाख, चन्द्रपुर नगरपालिकामा ३ करोड, मौलापुर नगरपालिकामा ५ करोड र कटहरिया नगरपालिकामा एक करोडको क्षति भएको प्रारम्भिक विवरणले देखाएको छ।

यस्तै, डिभिजन वन कार्यालयमा २ करोड ५० लाख, प्रदेश लेखा कार्यालयमा २ करोड ६० लाख र फतुवा विजयपुर नगरपालिकामा ३० लाखको नोक्सानी भएको अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ। 

प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, असोज २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्