Kathmandu Press

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग १० घण्टापछि खुल्यो

पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुई वटा मेसिन प्रयोग गरी १० घण्टा पछि राजमार्ग खुलेको कालिकोटका प्रहरी प्रमूख डिएसपी टेक रावतले बताए।
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग १० घण्टापछि खुल्यो

सुर्खेत, असोज १ : कालिकोटको गगनेभीरमा पहिरो खस्दा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। कालिकोट प्रहरीको सक्रियातामा पहिरो पन्छाएपछि अवरुद्ध भएको १० घण्टापछि राजमार्ग खुलेको हो। 

अविरल वर्षाले मंगलबार राति परेको गगने खोला पारीपट्टीको डाँडा पूरै खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। 

पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुई वटा मेसिन प्रयोग गरी १० घण्टा पछि राजमार्ग खुलेको कालिकोटका प्रहरी प्रमूख डिएसपी टेक रावतले बताए। ‘वर्षा नरोकिएकोले अवरुद्ध राजमार्ग खुलाउन समय लाग्यो, राजमार्ग खुलेपछि रोकिएका सवारीहरु गन्तव्यतिर लागेका छन्,’ उनले भने।
 
असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ। वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए।

राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका गाडिहरु गन्तव्यमा लागेका छन्। 
 

प्रकाशित मिति: १५:०६ बजे, बुधबार, असोज १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्