Kathmandu Press

जोगिन्दरले ल्याए ‘बकम्फुसाय नमः’

काठमाडौं, साउन १४ : हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले गाईजात्रे कोसेली ‘बकम्फुसाय नमः’ सार्वजनिक गरेका छन्।गाईजात्रा नजिकिएको अवसर पारेर ल्याइएको उनको ‘बकम्फुसाय...
जोगिन्दरले ल्याए ‘बकम्फुसाय नमः’

काठमाडौं, साउन १४ : हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले गाईजात्रे कोसेली ‘बकम्फुसाय नमः’ सार्वजनिक गरेका छन्।

गाईजात्रा नजिकिएको अवसर पारेर ल्याइएको उनको ‘बकम्फुसाय नमः’ मा मुलुकको राजनीतिक कमजोरीमाथि व्यंग्य गरिएको छ। पूर्वप्रधानमन्त्री केपी ओली लाई उनले केन्द्रबिन्दुमा राखेका छन्।

Hardik ivf

सो गाइजात्रे कोसेलीमा एउटा प्यारोडी गीत छ भने अरु सबै प्रहसन छन्। युट्युबमार्फत बुधबार सार्वजनिक गरिएको यो प्रहसनले राम्रै भ्युअर्स बटुलिसकेको छन्।

दुई दशकदेखि हरेक वर्ष गाईजात्रे प्रहसन सार्वजनिक गर्दै आएका जोगिन्दरको यो २०औं प्रहसन हो।

प्रहसनमा दमन रुपाखेती, शशीविक्रम थापा, घनश्याम गौतम, राधिका हमाल प्रहसनमा भूूमिका निभाएका छन्।

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, साउन १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्