Kathmandu Press

लमजङुमा एचआइभी संक्रमितको संख्या बढ्दै

लमजङुमा एचआइभी संक्रमितको संख्या बढ्दै
Hardik ivfHardik ivf

लमजुङ, साउन १४ : यहाँ एचआइची एड्स संक्रमितको संख्या वृद्धि हुन थालेको छ। वैदेशिक रोजगार, असुरक्षित यौन सम्पर्क, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो।  

नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि संक्रमितको संख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ६९८ व्यक्तिको परीक्षण गरिएकामा आठजना नयाँ सङ्क्रमित थपिएका छन्। चार महिला र चार पुरुष गरी आठ नयाँ सङ्क्रमित थपिएसँगै जिल्लामा ११८ एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या पुगेको बताइएको छ।

यी सङ्क्रमितमध्ये ५५ महिला, ५३ पुरुष, र पाँच बालबालिका रहेका छन्। यी सबै जनाले बेँसीशहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालको एआरटी सेवाबाट औषधि सेवन गर्दै आइरहेका एआर्टी परामर्शदाता गणेश गुरुङले बताए। 
 

प्रकाशित मिति: १२:०७ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्