Kathmandu Press

यस्तो बन्यो धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर 

काठमाडौं, साउन १३ : हास्यकलाकार एवं समाजसेवी कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको फिल्म ‘म त मर्छु कि...
यस्तो बन्यो धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर 

काठमाडौं, साउन १३ : हास्यकलाकार एवं समाजसेवी कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् । फिल्मले बैवाहिक जीवनमा आउने उचाव–चढावका बारेमा केन्द्रीत छ ।

धुर्मुस–सुन्तलीको लेखन र निर्देशन समेत रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय समेटिएको छ । फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मूभि’मा रिलिज हुने बताइएको छ ।

पछिल्लो समय कलाकारितामा भन्दा पनि समाज सेवामा क्रियासिल धुर्मुस–सुन्तलीले अहिले भरतपुरको चितवनमा  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् । 

प्रकाशित मिति: १८:५७ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्