Kathmandu Press

स्कुटर चोरी गरेको आरोपमा पक्राउ  

बाँके, साउन १३ : कोहलपुर नगरपालिका-१२ बस्ने प्रकाश खड्काको आफ्नै घरमा पार्किङ गरी राखेको भे७प ५४८९ नम्बरको स्कुटर चोरी गरेको आरोपमा बर्दिया बारबर्दिया...
स्कुटर चोरी गरेको आरोपमा पक्राउ  
Hardik ivf

बाँके, साउन १३ : कोहलपुर नगरपालिका-१२ बस्ने प्रकाश खड्काको आफ्नै घरमा पार्किङ गरी राखेको भे७प ५४८९ नम्बरको स्कुटर चोरी गरेको आरोपमा बर्दिया बारबर्दिया नगरपालिका-९ बैदी बस्ने उमेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले चौधरीको घरमा उक्त स्कुटर लुकाई राखेको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 
 

प्रकाशित मिति: १३:४० बजे, बुधबार, साउन १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्